गएको २४ घण्टामा ९ हजार १९८ जनामा संक्रमण पुष्टि हुदा ५ हजार ७६७ जना डिस्चार्ज

everest kitchen

 

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७६७ डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा ४ लाख ६४ हजार २१८ जनामा संक्रमण पुष्टि भएकोमा ३ लाख ४५ हजार ५२३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै हालसम्म ५ हजार २१५ जनाको ज्यान गएको छ । यस्तै हाल देशभर १ लाख१३ हजार ४८० जनामा सक्रिय संक्रमण रहेको छ ।

साथै,पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।