सवारी दुर्घटनामा ३ जनाको मृत्यु

everest kitchen

काठमाडौं । बाँके राप्तिसोनारी गाउँपालिका–९ झिझरी खोलास्थित सडकमा ना.६ ख ४९०९ नम्बरको ट्रकले से.३ प ३२१४ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय किरण जेबि चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण प्रसाद थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुली सुनकोशी गाउँपालिका–१ दुम्जास्थित सडकमा बा.१५ च ६८९५ नम्बरको गाडी र प्रदेश २–०३–००१० प ४१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही गोदौता नगरपालिका–८ बस्ने ४५ वर्षीय बिमलेश कुमार ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।