कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम

everest kitchen

नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।
मलेसियामा रहेका बिभिन्न संघ संस्था तथा नेपाल राजदुतावासको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिभिन्न संघ संस्थाका पं्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए ।
धेरै जसो प्रतिनिधिहरुले अक्सिजन सिलिन्डर अन्य ठाउँबाट नेपालमा भित्रिन थालिसकेकोले अबका दिनमा आवश्यक पर्ने सामाग्रीहरु सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले कार्यक्रमको उद्देश्य र एनआरएनए मलेसियाको योजना बारेमा बताए । अध्यक्ष भट्टराईले मलेसियामा रहेका धेरै भन्दा धेरै संघ संस्थाले एकजुट भएर सहयोग गरियो भने धेरै भन्दा धेरै पीडितहरुलाई सहयोग गर्न सकिने बताए ।
कार्यक्रममा एनआरएन आईसीसी, एसिया प्यासिफिक, मलेसिया शाखा, जोहोर शाखा लगायतको उपस्थिति थियो भने अतिथिको रुपमा मलेसियामा रहेका अधिकांश संघ संस्थाको उपस्थिति रहेको थियो ।