घाँटी सेरिएको अवस्थामा दुई बालक मृत अवस्थामा फेला

everest kitchen

कलैया बारा । बारामा एकै परिवारका दुई दाजु भाई मृत अवस्थामा फेला परेका छन् । ती दुवै दाजुभाइ घा,टी रेटि” एको अवस्थामा शव फेला परेको हो । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव भेटिएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका वडा नं. ७ रडगपुर निवासी अब्दुल रसारका दुई छोरा सोमबार बेलुकादेखि बेपत्ता थिए । बेपत्ता ती बालकहरुको खोजी गरिरहेका आफन्त र गाउँलेहरुले सोमबार अबेरसम्म ती बालकहरुको अवस्था बारे पत्ता लगाउन सकेका थिएनन् । मृतकका बाबु रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेको अवस्थामा दुखद शंकास्पद घटना घटेको एक स्थानीयले बताए ।

घटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । घटना स्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य सम्पन्न गरेर सुक्ष्म अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घटना एकदमै भयानक भएको र घटनामा संलग्न बारे प्रहरीले खोजी गरिरहेको बताएको छ ।