इङ्लिस प्रिमियर लिग अन्तर्गत आज तीन खेल हुदै

everest kitchen

काठमाडौं । इङ्लिस प्रिमियर लिगका ३७औं चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज साँझ खेलिने तीन खेलहरुमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी लिगमा ७० अंक बटुलेर दोस्रो स्थानमा रहेको म्याचनचेष्टर युनाइटेडले आफ्नै घरेलु मैदान वर्ल्ड ट्राफोल्डमा १८औं स्थानमा रहेको फुलह्यामसँग प्रतिस्पर्धा गर्दैछ । अर्कोतर्फ भने ५३ अंकसहित दशौं स्थानमा रहेको लिड्स युनाइटेडले ४३ अंकसहित चौधौं स्थानमा रहन सफल साउथ ह्यामटनसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

यस सिजन लिगबाट तीनवटा टिमहरु भने रेलिगेसनमा परेर प्रिमियर लिगबाट एक स्थान तल झरेका छन् । यस सिजनको प्रिमियर लिगको उपाधि भने तीन खेल अगावै म्यानचेष्टर सिटीले आफ्नो हात पारिसकेको छ । गत वर्षको विजेता लिभरपुल भने ६३ अंकसहित पाँचौ स्थानमा रहेको छ ।