छ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा करिम बेञ्जिमाको पुनरागमन

everest kitchen

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर करिम बेञ्जिमा यूरोपेली च्याम्पियनसिप खेल्ने फ्रान्सको राष्ट्रिय टोलीमा अटाएका छन । सन् २०१५ मा आफ्नै पूर्ब सहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उनी फ्रान्सका लागि प्रतिनिधित्व गर्नबाट बञ्चित भएका थिए । परिणामस्वरुप ३३ वर्षीय बेञ्जिमाले सन् २०१६ को यूरो र सन् २०१८ को विश्वकप फुटबल खेल्न बञ्चित हुनुपर्यो । फ्रान्स सन् २०१८ को विश्वकप विजेता हो । सन् २०२१ को जनवरीमा फ्रान्सेली अभियोजनकर्ताले बेञ्जिमाले बहसको सामना गर्न सक्ने निर्णय सुनाएको थियो ।

बेञ्जिमामाथि आफ्नै सहकर्मी ३६ वर्षीय मीडफिल्डर मैथ्यु भल्बुएनाको यौनकाण्डको टेप सार्वजनिक गर्ने धम्कीसँगै फिरौती माँगेको आरोप लागेको थियो । तर बेञ्जिमाले एक जना प्रहरीले आफूलाई उक्त अवस्थामा पुर्याउन बाध्य बनाएको बताएका थिए । २६ सदस्यीय फ्रान्सेली टोलिमा टटनहमका ह्युगो लोरिस र मौसा सिसोस्को, इभर्टनका लुकास डिने, चेलसीका कर्ट जौमा र गोलो केन्ट र म्यान्चेष्टर यूनाइटेडका पौल पोग्बा अटाएका छन् । टोलीमा कायलिन म्बाप्पे र बार्सिलोनाका एन्टोनियो ग्रिजमन्न समेत अटाएका छन् । बेञ्जिमाले ८१ खेलमा फ्रान्सको प्रतिनिधित्व गरेकोमा २७ गोल गरेका छन । जारी संस्करणमा बेञ्जिमाले दश खेलमा ११ सहित कुल २९ गोल गरेका छन । यूरो २०२० मा हंगेरी, पोर्चुगल र जर्मनीसँगै फ्रान्स समूह एफमा छ । फ्रान्सले १५ जुनमा जर्मनीको सामना गरेर यूरो कप २०२० को सुरुवात गर्नेछ ।