विदेशमा रहेका नेपालीहरुको अवस्था बारे निशु:ल्क वेविनार कार्यक्रम हुने

everest kitchen

काठमाडौं । रोलिङ कर्मशील बिदेशको आयोजना २४ मे २०२१ का दिन विश्वभर माहामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण प्रवासमा रहेका नेपालीहरुको अवस्था बारे निशुल्क वेविनार कार्यक्रम हुने भएको छ । कार्यक्रममा अहिलेको अवस्थामा नेपाली श्रमिक र बैदेशिक रोजगारीको चुनौति बारे विभिन्न बक्ताहरुले चर्चा गर्नेछन ।

कार्यक्रमका प्रमुख बक्ताहरुमा साउदीका लागि नेपाली राजदूत प्राडा महेन्द्र प्रसाद सिंग राजपुत, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, बैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडि, हेल्भेटास का राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेल, NAFEA का महासचिव सुजित कुमार श्रेष्ठ र कान्तिपुर दैनिकका पत्रकार होम बहादुर कार्की रहेका छन ।

यस वेविनार कोरोना महामारीको अवस्थामा दुतावासको भूमिका के रु बैदेशिक रोजगार बिभागले के गर्दै छ ? म्यानपावर ब्यवसायीको जिम्मेवारी के ? र श्रमिकको उद्धार र सहयोग कसरी हुदैछ जस्ता बिषयमा केन्दित रहेने आयोजकले जनाएको छ । साथै यस कार्यक्रम पुर्णरुपमा श्रमिकहरुको लाभलाई नै लक्षित गरि आयोजना भएकोले सबै संघसंस्थाको प्रतिनिधि तथा नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरको छ । कार्यक्रम नेपाली समय दिउँसो ४ बजे सुरु हुनेछ ।

रोलिङ कर्मशील बिदेश बैदेशिक रोजगारी सम्बन्धि सम्पुर्ण जानकारी गराउने एक नेपाली एप्स हो । यो एप्सले डिमाण्ड, भिषा, नेपाली श्रमिकहरु सम्बन्धि सुचना तथा समाचार, बिनियम दर जानकारी गराउनुको साथै बिदेशमा श्रमिकलाई परेको समस्या र गुनासो सम्बन्धित निकायमा पुय्राउन मदत गर्दछ ।