एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढ्यो

everest kitchen

एजेन्सी । सन् २०२१ को लागि निर्धारित एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढेको छ । एशिया कपमा सहभागी हुने चार वटा प्रमुख टोलि सन् २०२१ को अन्त्यसम्म आ आफ्नै क्रिकेट तालिकामा ब्यस्त रहँदा एशिया कप ओझेलमा परेको हो । एशिया कपको आगामी संस्करण टी ट्वान्टी स्वरुपमा हुने तय गरिएको छ । एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले यसअघि सेप्टेम्बर २०२० मा पाकिस्तानले आयोजना गर्ने एशिया कप कोरोना महामारीले स्थगित गरी जुन २०२१ मा श्रीलङ्काले आयोजना गर्ने जनाएको थियो । पाकिस्तानले आयोजनाको प्रत्योजन श्रीलङ्कालाई हस्तान्तरण गरेको थियो । उसले सन् २०२० को एशिया कप आयोजना गर्ने शर्त राख्दै यस प्रकारको निर्णय लिएको थियो ।

एशिया कप क्रिकेट २०२१ को संस्करणको आयोजना श्रीलङ्काको जिम्मामा रहेको छ । श्रीलङ्काले भने अझै एशिया कप आयोजना हुने बताउँदै आएको छ । तर श्रीलङ्का क्रिकेट टोलि आफैं भने अन्तर्राष्ट्रिय द्विपक्षीय श्रृखंला खेल्न ब्यस्त देखिएको छ । वर्षको मध्यतिर एशिया कप आयोजना हुने अनुमान गरिएको थियो । तर श्रीलङ्काले घरेलु क्रिकेट लिग लङ्का प्रिमियर लिग खेल्ने तयारी गर्दैछ । एलपीएल आगामी अगष्ट महिनामा हुनेछ । बङ्गलादेशले समेत घरेलु क्रिकेट लिग बीपीएल आयोजनाको तयारी गर्दैछ । पाकिस्तान र भारतले भने पीएसएल र आईपीएल पूर्णता दिन नसक्दा वर्षको अन्त्यमा कसैगरी क्रिकेट लिग सकाउने तयारीमा छ । यसैबीचमा भारतले जुन महिनामा आईसीसी विश्व टेष्ट च्याम्पियनशीप खेल्न इंग्ल्याण्ड प्रस्थान गर्नेछ । करिब दुई महिनाको इंग्ल्याण्ड भ्रमणको क्रममा भारतले टेष्ट च्याम्पियनशीप लगत्तै पाँच म्याचको टेष्ट श्रृखंला खेल्नेछ । लगत्तै आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको आयोजना हुनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी राष्ट्रहरु हुन् ।