थोमस म्युलर र म्यान हयुमल्सको जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन

everest kitchen

एजेन्सी । बेयार्न म्युनिकका स्ट्राइकर थोमस म्युलर र बोरसिया डर्टमन्डका डिफेन्डर म्यान हयुमल्स यूरो २०२० का लागि जर्मनीको राष्ट्रिय टोलिमा पुनरागमन गरेका छन् । जर्मनीका प्रशिक्षण जोचिम लले २६ सदस्यीय टोलिमा दुबैलाई स्थान दिएका हुन । उनले मार्च २०१९ मा म्युलर र हयुमल्सलाई टोलिमा स्थान दिन नचाहेको प्रतिक्रिया दिएका थिए । ३१ वर्षीय म्युलरले बेयार्नको जारी संस्करणको बुण्डेसलिगा जित्न ११ गोल गरेका छन भने १८ गोलमा सहयोग गरेका छन । ३२ वर्षीय हयुमल्सले बोरसिया डर्टमन्डलाई जर्मन लिग जिताएका थिए ।

नोभेम्बर २०२० मा नेशन्स लिगमा जर्मनीले स्पेनसँग ६–० को भारी हार बेहोरेको थियो । यूरो २०२० को संस्करण समाप्त भए लगत्तै जोचिम लले जर्मनीको प्रशिक्षक पद छोड्दै छन । उनले परिस्थितिलाई ध्यानमा राख्दै हस्तक्षेपकारी कदम चालिएको प्रतिक्रिया दिएका छन । जर्मनीले घोषणा गरेको टोलिमा मेन्युल नेउर, केभिन ट्राप र बनर्ड लेनो गोलकिपरको रुपमा स्थान पाएका छन् । एन्टोनियो रुडिगर, म्याट हयुमल्स, मैथिएस जिन्टर, निक्लास सुएले, एम्रे कान, लुकास क्लोसटरमन्न, रोबिन गोसेन्स, रोबिन कोच, क्रिष्टियान गुन्टर, मार्सेल हाल्स्टबर्ग डिफेन्डरको रुपमा अटाएका छन् । जोशुआ किमिच, एल्के गुण्डोगन, कै हाभर्ज, टोनी क्रूज, लियन गोरेज्का, लेरोय सेन, जोनास हफमन, फ्लोरियन नेहस र जमान मुसिएला मीडफिल्डरको भूमिकामा रहनेछन् । सर्ज नेब्री, थोमस म्युलर, टिमो वर्नर र केभिन भोल्याण्ड फरवार्डको रुपमा टोलिमा स्थान पाएका छन् ।