हुण्डी कारोवार गरेको अभियोगमा तीन पक्राउ

everest kitchen

काठमाडौं । हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् ।

निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी प्रवक्ता मानबहादुर राईले बताउनुभयो ।