थप ८ हजार ६०७ जना संक्रमित, ७ हजार ८९० जना संक्रमण मुक्त

everest kitchen

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै २०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ७ हजार ८ सय ९० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १७७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ। हाल देशभर १ लाख १६ हजार १९२ जनामा सक्रिय संक्रमण रहेको छ ।