मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत नेपालीहरुबाट रंगशाला निर्माणमा ५ लाख सहयोग

everest kitchen

मलेसिया । मलेसियामा काम गर्ने नेपालीहरुले जन स्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्माण अभियानमा साथ दिदै मलेसियाको सेपाङ स्थित डब्लुआरपी कम्पनीमा कार्यरत नेपालीहरु सहयोग रकम पठाएका हुन ।

उनीहरुले ५ लाख रुपैयाँ संकलन गरेर रंगशाला निर्माणमा सहयोग गरेका हुन । उक्त कम्पनीमा कार्यरत १६९ जनाले केही नेपाली श्रमिक अगुवाको नेतृत्वमा रकम संकलन गरेरको एक अभियान्ता बताए । रंगशाला निर्माण जनस्तरबाट भएकोले विदेशमा बस्ने नेपालीको सहयोग महत्त्वपूर्ण हुने भन्दै सकेको सहयोग गरेको ती अभियान्ताले बताए ।

श्रमीकहरुले रंगशाला निर्माण कार्य अगाडि बढाई रहेको धुर्मुस सुन्तली फाउन्डेसनकी सञ्चालिका तथा कलाकार कुञ्जना घिमिरे “सुन्तली”को नाममा संकलित रकम पठाएका हुन । उक्त रकम घिमिरेले प्राप्त गरि सकेको एक सहयोगीले जनाए । मलेसियाबाट रंगशाला निर्माणमा यसअघि पनि सहयोग जुटिसकेको छ भने जुट्ने क्रम पनि जारी छ ।

सहयोगीहरुको नाम लिस्ट र सहयोग रकम