भारतीय दूवातास छिरे राजेन्द्र महतो

everest kitchen

काठमाडौं । मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास लैनचौर पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गर्दै चुनावमा जाने मिति तय गरेपछि उनी भारतीय दुतावास छिरेका हुन ।

अहिले बिहान झण्डै ११ बजेको समयमा उनी दूतावास प्रवेश गरेका छन् । ओली सरकारले दोश्रो पटक संसद विघटन गरेपछि उनीहरु दूतावास पसेका हुन् । जसपा अध्यक्ष राजेन्द्र महतो र महन्थ ठाकुरले प्रधानमन्त्री ओली समर्थन गरेका थिए ।

यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई एक रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए। उज्यालो नेटवर्क