पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त

everest kitchen

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ । हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित भएका छन् । हाल एक लाख १५ हजार ८०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना लागेका तीन लाख ८३ हजार ६८४ जना कोरोनामुक्त भएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हाल ८६६ जना क्वारेन्टिनमा छन् ।