मलेसियामा कोबिडको नयाँ बिरामि संख्यामा रेकर्ड, आज मात्र झन्डै ७ हजार नयाँ बिरामि थपिए 

everest kitchen

मलेसियामा कोरोना बिरामिको संख्या दिनदिनै थपिदै गईरहेको छ । आज मात्र नयाँ बिरामिको संख्या झन्डै ७ हजार अर्थात ६ हजार ९७६ पुगेको छ ।

मलेसियामा कोरोनाको लहर नघटेपछि आवागमन निषेधाज्ञा (एमसिओ) लगाइएको थियो । तर, एमसिओ पछि पनि नयाँ बिरामिको संख्यामा भने कमि आएको छैन । झन झन दिन दिनै थपिदै गईरहेको छ ।

आज नयाँ बिरामिको संख्या थपिएसँगै मलेसियामा जम्मा बिरामिको संख्या ५ लाख १२०९१ पुगेको छ । नयाँ बिरामिको संख्या बढेसँगै मलेसियन सरकारले एमसिओलाई झन कडा बनाउने घोषणा पनि गरिसकेको छ । जुन यहि मे २५ बाट सुरु हुनेछ ।