यूएईमा पाकिस्तानसँग एकदिवसीय र टि २० श्रृंखला खेल्ने अफगानिस्तानको चाहना

everest kitchen

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले आगामी अगस्ट–सेप्टेम्बर महिनामा पाकिस्तानसँग एकदिवसीय र टि २० अन्तराष्ट्रिय श्रृंखला खेल्ने ईच्छा जताएको छ । पाकिस्तान र अफगानिस्तानले आईसीसी र एसीसीका बिभिन्न प्रतियोगिताहरुमा एक अर्काको समान गरि सकेको छ । तर यी दुई राष्ट्रले सिनीयर स्तरमा द्विपक्षीय श्रृंखला खेलेका छैनन । हुनत अफगानिस्तान क्रिकेट बोर्डले धेरै पटक पाकिस्तान ए टोली विरुद्व खेल्न आफ्नो टोली बेला बेलमा पाकिस्तान पठाउने गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्डका एक पदाअधिकारी अनुसार दुबै राष्ट्रबीच नियोजित क्रिकेट श्रृंखलाको बारेमा कुराकानी सुरु भईसकेको छ । श्रंखला अबुधावी वा यूएईमा ३ एकदिवसीय र ३ टि २० अन्तराष्ट्रिय खेलको हुनेछ । ती पदाअधिकारीका अनुसार अफगानिस्तान क्रिकेट बोर्डले अक्टुबरमा हुने टि २० विश्वकप क्रिकेट अगावै श्रंखला खेल्ने ईच्छा ब्यक्त गरेको छ । पाकिस्तानका प्रधानमन्त्री ईमरानले खानले पनि यसअघि अफगानीस्ताका खेलाडी मोहम्म्द नाबी सहित वरिष्ठ खेलाडीहरुसँगको भेटपछि पाकिस्तान क्रिकेट बोर्डलाई द्विपक्षीय श्रंखला गराउन आग्रह गरेको थियो । भेटमा अफगानिस्तानका खेलाडीहरुले पाकिस्तानका प्रधानमन्त्रीलाई उचित समयमा द्विपक्षीय श्रंखलाका लागि आग्रह गरेका थिए । सुत्रका अनुसार पाकिस्तान क्रिकेट बोर्डले अगस्टमा वेस्ईन्डिज भ्रमणबाट फर्केपछि उक्त श्रंखला खेल्ने बारेमा विचार गरिरहेको छ ।