श्रीलंकालाई पराजित गर्दा बङलादेश ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लियो

everest kitchen

एजेन्सी । श्रीलंकालाई ३३ रनले पराजित गर्दै बङलादेश आईसीसी ओडीआई सुपर लिगको चौंथो स्थानमा उक्लन सफल भएको छ । बङलादेशको ढाका स्थित शेरे बङला स्टेडियममा जारी एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली बङलादेशले श्रीलंकालाई पराजित गरेको हो । बङलादेशको जितमा मुशफिकुर रहीम टोलीको नायक बन्न सफल भए । उनले ८४ रनको पारी खेल्दै बङलादेशलाई जिततर्फ उन्मुख गरे । यो सँगै आईसीसी ओडीआई सुपर लिगको अंक तालिकामा बङलादेश चौंथो उक्लन सफल भएको छ ।

बङलादेशको जितपछि भारत सुपर लिगको अंक तालिकामा आठौं स्थानमा झरेको छ । नौं खेलमा ४ जित सहित ईङल्यान्डले अंक तालिकाको पहिलो स्थानमा पकड बनाएर बसेको छ । अर्को एसीयाली मुलुक पाकिस्तान छ खेलमा चार जित सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले पनि छ एकदिवसीय खेलमा चार जित दर्ता गर्दै अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । सुपर लिगको अंकको आधारमा भारतमा सन २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेट खेल्ने टोलीको टुङो लाग्नेछ ।