काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । त्यसका लागि सांसदहरू लाम्बद भएर अदालत पुगेका छन् ।
शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित रिट तयार पारेका छन् ।
रिटमा संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज, संसद अधिवेशनको मिति तोक्नुपर्ने, संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश लगायतका माग छन् ।
विपक्षी गठबन्धनको रिटमा नेकपा एमालेको माधव नेपाल समुहका २३ जना सांसदले समेत हस्ताक्षर गरेका छन् । कृते हस्ताक्षर बुझाएको भन्ने हल्ला चलाएको भन्दै स्वयं सांसदहरू उपस्थिति हुन लागेको एमाले नेता तथा सांसद विरोध खतिवडाले बताए ।