मलेसियामा हालसम्म कोभिड-१९ बाट ९ नेपालीको निधन, हजारौं स्वदेश फर्कन पाएनन्

everest kitchen

काठमाडौं । पछिल्लोपटक नेपालमा कोरोना संक्रमण अत्याधिक रुपमा फैलिरहेको अवस्थामा मलेसियामा पनि संक्रमितको सङ्ख्या बढ्दो अवस्थामा छ । मलेसियामा हालसम्म ५००० जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको छ भने ९ जनाको निधन भएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सारथि “रोलिङ कार्मशिल बिदेश”को आयोजनामा भएको कोभिडमा वैदेशिक रोजगारीमा रहेकाहरूको चुनौती विषयक कार्यक्रममाा बोल्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसिया-नेपाल अन्तर्राष्ट्रिय उडान बन्द हुदा २६ वटा शव पनि मलेसियामा रोकिएको ले जानकारी दिए ।

उनका अनुसार जेल सजाय पूरा भएका ३६ जना नेपाली पनि स्वदेश फर्कन पाएका छैनन् । मलेसियामा रोजगारी गरेर बसेका नेपालीमध्ये हरेक महिनामा करिब ५०० जनाको करार अवधि सकिने गरेको छ । उडान बन्द हुदा ती नेपाली श्रमिक पनि स्वदेश फर्किन पाएका छैनन् ।

त्यस्तै अबैधानिक हैसियतमा मलेसियामा रहेका र घर फर्किन चाहाने , रोजगार बिहिन, बिरामीहरु पनि स्वदेश फर्कन नपाएपछि मलेसियामा अहिले धेरै नेपालीहरु रोकिएको हुन सक्ने बताएको छ ।

मलेसिया सरकारले स्वदेश फिर्ति अवसरको समय जुन महिनामा सकिदैछ । तर स्वदेश फर्कन चाहाने श्रमिकहरु फर्कन पाएका भने छैनन । यदि समय अवधि भित्र स्वदेश नफर्किएर पक्राउ परेमा १० हजार मलेसियन रिङ्गेट जरिवाना र जेल सजाय समेत हुने भन्दै सुरक्षित मापदण्ड लागु गरेर उडान सुचारु गरेर नेपालीहरुको उद्धार गर्नुपर्ने राजदुत पाण्डेले सरकारसंग माग राखे ।

राजदूत पाण्डेका अनुसार पहिलेको जस्तो रोजगार बिहिन हुने र खान बस्नको समस्यामा परेको संख्या भने न्युन रहेको भएपनि समस्या जटिल नै रहेको बताए । उनका अनुसार पछिल्लोपटक मलेसियामा संक्रमित नेपालीको संख्यामा पनि वृद्धि भएको छ ।