कोभिड-१९ बाट मलेसियामा ज्यान गुमाएका रुपेशको परिवारलाई “हेल्प मधेसी”को आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । मलेशियामा कोरोना भाइरस कोभिड-१९ का कारण ज्यान गुमाएका रुपेश यादबका परिवार लाई हेल्प मधेशी संस्था मलेशिया द्वारा नगद रु. २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं १ मा बस्ने राज नन्दन यादव को नाती देबेन्द्र यादव को छोरा वर्ष २३ को रुपेश कुमार यादबको बैशाख १० गते मलेसियामा असमायिक निधन भएको थियो । मृतक परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनिय रहेकोले उनको परिवारलाई आर्थिक सहयोगको लागि रमेश कुमार यादवले निवेदनसहित हेल्प मधेशी मलेशियामा अपिल गरेपछि संस्थाले सहयोग जुटाएको हो ।

नेपालमा जारी निषेधाज्ञाका कारण हेल्प मधेशी संस्थाका पदाअधिकारीहरु पिडित को घरमा जान नसक्ने भएपछि सहयोग रकम मृतक रुपेश यादबको बुवा देबेन्द्र यादव काे बैंक खातामा पठाएको संस्थाले जनाएको छ ।

पिडित परिवारले हेल्प मधेशी मलेशियाको सम्पुर्ण टिम र सहयोगीहरुलाई धन्यवाद दिएका छन् । संस्थाले यसअघि पनि थुप्रैलाई सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि सहयोग कार्यक्रम जारी राख्ने संस्थामा अध्यक्ष दिपक मण्डलले बताए ।