बिनोद दनुवारको “माग्योै तिमीले बास” सार्वजनिक

everest kitchen

काठमाडौं । आईएमई लोक स्टारका बिनोद दनुवारले “माग्योै तिमीले बास” बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन्। उक्त गीत दुर्गा बान्तवा राई अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको हो ।

उक्त गीत लाई अनिशा चाम्लिङले लेखेकी हुन भने आेम प्रकाश राईको संगीत रहेको छ। अहिले बिश्व नै महामारीको चपेटामा परिरहेको बेला सामाजिक दुरी कायम गर्दै “द पिक” स्टुडियोमा रेकर्ड गरिएको हो।

लकडाउनको समयमा दर्शक हरुलाई केही मनोरञ्जन दिलाउने उदेश्यले सार्वजनिक गरिएको र यस महाबिपत्तिको बेला थोरै भएपनि होैसला मिल्ने बिनोद बताउछन् ।

बिनोदका अनुसार भिडियोमा पारिवारिक कथावस्तु समेटिएको छ । भिडियोलाई दुर्गा बान्तावा राईले परिकल्पना, निर्देशन गरेका छन् छायांकन सम्पादन मनोज राईको र प्राबिधिक साहेता किरण रस्काले गरेका छन्। अनिशा चाम्लिङ दुर्गा बान्तावा राई र बाल कलाकारमा सम्राट राईको अभिनय देख्न सकिन्छ।

https://youtu.be/TZ7Q0CHfxz8