“सीएमडीएन”द्धारा मकवानपुरका ५० विपन्न परिवारलाई खाद्यान्न सहयोग

everest kitchen

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँ पालिका वडा नं ६ सिलिङ्गेमा विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सेन्ट्रल फर मलिकुलर डायनमिक नेपाल (सीएमडीएन) नामक संस्थाको अार्थिक सहयोगमा राहत वितरण गरिएको हो ।

सहयोगको पहल गर्ने पहलकर्ता समाजसेवी मोतीराम चेपाङका अनुसार खाद्यान्न अभाव भएपछि सहयोगको अपिल गरेको बताए । पहलपछि सीएमडीएनले संस्थाले जेला मजदुरी गरि खाने अति बिपन्न ५० घर परिवारलाई खाद्यान्न उपलब्ध बताएको बताए ।

प्रतेक घरधुरी ६० केजी चामल, ३ पोका तोरीको तेल , ३ केजी रातो दाल सहयोग उपलब्ध भएको सहयोग हस्तान्तरण सहजिकरण गर्न पुगेका वडा अध्यक्ष सिंगलाल प्रजाले जानकारी दिए । वडा अध्यक्ष प्रजाले यस्तो महामारीमा आर्थिक अभावका कारण खाद्यान्न अभाव झेलेका विपन्नलाई सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिए।