राष्ट्रपति र प्रधानमन्त्रीको अपराधविरुद्ध अदालत गएका छौँ : देउवा

everest kitchen

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको हस्ताक्षरमा विश्वास नलागे राष्ट्रपतिले परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको दावी गरेका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरा आयोजित कार्यक्रममा उनले भने, ‘यदि विश्वास नलागे राष्ट्रपतिले मान्छे बोलाएर हो कि होइन भन्न सक्नुहुन्थ्यो ।’

राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले बताए । ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त गर्यो गर्यो, राष्ट्रपतिले गर्न हुन्थेन’ उनले भने ‘त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’