लघुकथा – आशाको दियो
अनुग्रह राना मगर (पुस्प)
कहिले हुर्र बल्थ्यो त कहिले हुर्र निभ्न खोज्थ्यो । तर पनि अन्तस्करण मायाको ट्याङ्कीबाट निस्केको रसरुपी जलले अन्तमा बलि रहन सहायता गर्यो सन्दु दादा र भाउजू समिरालाइ ।
विवाह भएको धेरै बर्ष बिति सक्दा पनि सन्तान नहुने छाँट्काट नदेखेसी सन्दु दा भाउजू माथी निक्कै गुनासो पोख्नुहुन्थ्यो । आफ्नो घमण्डले भरिएको रिसलाइ कन्ट्रोल नगरी एकैचोटि खन्याउन खोज्नुहुन्थ्यो भाउजू समिरामाथी ।
मेरो घर र सन्दु दादाको घर वल्लो पल्लो भएकोले यो दृश्यहरु देखि रहेको थिएँ । कताकता सन्दु दादालाई सम्झाउ भन्ने लाग्थ्यो । फेरि मनले मान्दैनथ्यो । किनकी उ भन्दा म उमेरले सानो थिएँ। लाग्थ्यो सानोको ठुलोलाई के अर्थ ! फेरि मनले मानेन , होइन .. कहिले काँही बुद्दिले काम गर्नु पर्छ , बलले मात्र भ्याउँदैन । जबरजस्त मनलाई दह्रो पारेँ । अनि दाइलाइ बोलाएर सम्झाएँ । दाइ… किन यसरी भाउजुलाइ गाली गर्नुहुन्छ ..? के दोष थियो र सन्तान नहुनुमा .. ? यस्तो कुरा त दुवै मिलेर धैर्यताको साथ पुकारा गर्दै , बिन्ती अनि साथ सहयोग गर्दै पो अगाडि जानुपर्छ । वा… त तपाईं बाट नै पो सन्तान नहुने भएको हो । एकचोटि दुवैले डाक्टरको सल्लाह लिने होकि मैले भने ।
दाइ सोँचमग्न हुनु भयो र भन्नुभयो । हो भाइ तैंले मेरो आँखा खोली दिइस् । सहि कुरा भनिस् भोलि नै गएर चेक गर्छु ।
भाइ सँगको सल्लाह पछि सन्दु दादा घर तिर लाग्छन् ।
नम्र स्वरमा समिरा…समिरा …भनेर बोलाउछन् ।
हजुर भन्दै समिरा भित्रबाट बाहिर आउँछिन् । किन बोलाउनु भएको ? के भयो र..?
सदा जस्तो कडा स्वाभाव छैन आज सन्दुमा । किनकी उसले आफैले नबुझेर गरेको घमण्डको पछुतो भएको बुझेका छन् । भोलि हामी दुवैजना अस्पताल जाने है … भने । समिरा– किननि ?
समीर — चेक गराउन ।
भोलि भयो । दुवैजना गए । चेक गराए । डाक्टरको सल्लाह अनुसार औषधि खाए । दोष कसैमा थिएन । न त सन्दु दादामा न त भाउजू समिरामा । खाली नबुझ्दाको परिणाम मात्र थियो , त्यो बिगत् ।
औषधि खान शुरु गरेको दुई महिनाको बातमा समिरा गर्भवती भइन् । दुवै खुशीले भरिए । नौ महिना पूरा भएसी समिराले घोर्ले छोरो जन्माइन् । खुशिको सिमा नै थिएन सन्दुको ।
मूर्ख र घमण्डको अहम् तामा जलेर भत्किनै लागेको परिवारमा निभ्न लागेको घडिमा कसैको सल्लाह सुझावले फेरि “आशाको दियो ” मा तेल थपियो र सदा झलमल्ल बलि रहयो कहिल्यै ननिभ्ने गरि । ..संखुवासभा/ हाल मलेसिया