९ हजार ८४१ निको हुदा ६ हजार ८५५ जनामा संक्रमण पुष्टि

everest kitchen

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशमा ६ हजार ८५५ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनामा परीक्षण गर्दा ६ हजार ८५५ मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् ।

हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।