मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन

everest kitchen

मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ ।
कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको मलेसिया प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
यो पूर्ण लकडाउन १४ दिनसम्मको लागी हुने र अवस्था हेरेर दुई हप्ता पछि केहि खुकुलो गर्दै लाने र नया बिरामिको संख्या घटदै जान थालेपछि खुल्ला गर्न सकिने बताइएको छ
पूर्ण लक डाउनमा अत्यावश्यक खाद्यान्न, औषधि पसल, सिमित सार्वजानिक यातायात, सुरक्षाका क्षेत्र बाहेक सबै बन्द हुनेछन् ।
लक डाउन अवधिभर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन मलेसियन सरकारले अनुरोध गरेको छ ।