कोरोनाले दुई महिनाको अवधिमा ४ हजार बढीको निधन

everest kitchen

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

शुक्रबार थप ९६ जनाको मृत्युसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको हो। चैतको २० भन्दा अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ जनाको रहेकोमा दुई महिना नपुग्दै ४ हजार १५ जनाको मृत्यु भएको हो।

नेपालमा गत वर्षको यही अवधिको तुलनामा नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या १.४ प्रतिशत वृद्धि भएको देखिन्छ। गत वर्ष यही अवधिमा नेपालमा मृत्युदर ०.२ प्रतिशत थियो।