नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग स्पर्धा गर्न तयार

everest kitchen

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोलिको इराक बिरुद्धको खेलका लागि तयारी पुरा भएको छ । नेपालले शनिबार मैत्रीपूर्ण खेलमा इराकको सामना गर्दैछ । इराकको बसरास्थित अल फहा रङशालामा नेपाली समयअनुसार राति दश बजेपछि इराक बिरुद्ध खेल्नेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार मैत्रीपूर्ण खेल अघि राष्ट्रिय फुटबल टोलिले बसरा स्पोर्ट्स कम्प्लेक्समा अभ्यास गरेको छ । फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले इराक बिरुद्धको खेल परिणामभन्दा प्रदर्शनमा समर्पित रहने बताएका छन । प्रशिक्षक अलमुतैरीले भने, “इराक बिरुद्धको खेल युवा टोलिका लागि परिणामभन्दा अनुभब प्रदान गर्ने विश्वास लिएको छु ।” उक्त खेलले खेलाडीको प्रदर्शनको स्वमूल्याङ्कन गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्न प्रेरित गर्ने उनले थपे ।

राष्ट्रिय फुटबल टोलिका कप्तान किरण कुमार चेम्जोङगले टोलि इराकसँग स्पर्धा गर्न तयार रहेको बताए । उनले इराकसँग खेल्नु नेपालका लागि अबसर रहेको बताउदै कुवेतमा विश्वकप छनोट खेल्नु अघि हुने स्पर्धाले राम्रो अनुभब प्रदान गर्ने बताए । नेपालले इराकसँग बिगतमा तीन पटक स्पर्धा गरेको छ । तीनै अबसरमा नेपालले हारको सामना गर्नुपरेको छ । पछिल्लो पटक नेपालले सन् २००१ म इराकको सामना गरेको थियो । विश्वकप छनोट अन्तगर्तको उक्त खेलमा नेपाल २–४ ले हार बेहोरेको थियो । कुवेतमा आगामी साता हुने विश्वकप फुटबल छनोट अन्तगर्तको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गर्नेछ ।