पूर्वमन्त्री केसीद्धारा रुकुमको त्रिवेणी गाउँपालिका अस्पतालको अनुगमन

everest kitchen

रुकुम । कर्णाली प्रदेशकी पूर्वकृषि मन्त्री तथा प्रदेश सभा सदस्य बिमला केसीले रुकुम पश्चिमका विभिन्न अस्पतालहरुको अनुगमन गरेकी छन् । शनिबार मन्त्री केसीले त्रिवेणी गाउँपालिका, चौरचाहारी नगरपालिका र सानोभेरी गाउँपालिकाका पालिका स्तरीय अस्पतालहरुको अनुगमन गरेकी हुन ।

कोभिड-१९ प्रकोपबाट प्रभावित अवस्थामा जिल्ला स्थित स्वास्थ्य संस्थाहरु र बिरामीको अवस्था बुझ्न जिल्लामा आएको मन्त्री केसीले हिमाल टाईम्सलाई जानकारी दिइन । जिल्लामा कोभिड-१९ र अन्य स्वास्थ्य समस्याको आवश्यक उपचारमा कमी नहोस् भनेर जिल्लाका विभिन्न अस्पतालको अवस्था बारे जानकारी लिएको उनले बताईन ।

जिल्लाको त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी गाउँपालिका अस्पतालको अनुगमनको क्रममा प्रतिक्रिया दिदै उक्त अस्पताल सबैभन्दा राम्रो व्यवस्थापन भएको आफुले पाएको मन्त्री केसीले बताइन् । जिल्लामा हामीले अनुगमन गरेका अस्पताल भन्दा यहाँको त्रिवेणी गाउँपालिका अस्पतालले सबैभन्दा राम्रो गरेको पाए, “उनले भनिन्, थप राम्रो गर्दै जानुहोला आवश्यक सहयोग हुनेछ ।

अस्पताल अनुगमनका क्रममा अस्पताललाई आवश्यक बलाङ्केट समेत मन्त्री केसीले अस्पताललाई उपलब्ध गराएकी थिइन् । साथै मन्त्री केसीले गाउँपालिकाको कार्यालय भवन, सभाहलको समेत अनुगमन गरेकी थिईन । उनीसंगै अनुगमन टोलीमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक रबिन खडका लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा मन्त्री केसीसंग त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष निर्मला विष्ट “खड्का”ले गाउँपालिकाको अस्पताललाई थप भवन आवश्यक रहेकोले आवश्यक पहल गरिदिन अनुरोध गरेकी थिइन भने अस्पतालका डाक्टर छवि नेपालीले अस्पताललाई एक्सरे मेसिनको आवश्यकता रहेको बताएका थिए ।

अस्पतालले हाल अन्य बिरामीको उपचार तथा भर्ना नलिएर कोभिड-१९ संक्रमित बिरामी उपचार मात्रै गरिरहेको छ । अस्पतालमा हाल एक एमबीबीएस डाक्टरसहित स्वास्थ्य सेवा सुचारु रहेको छ । अस्पतालको आइसोलेसन सेन्टरको लागि आवश्यक अक्सिजन तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर अस्पतालले सेवा दिईरहेको छ ।

यसअघि अस्पतालमा दर्जनौं कोभिड संक्रमित भर्ना भएपनि एकजनाको निधन र अन्य बिरामी डिस्चार्ज भएपछि उक्त आइसोलेसन सेन्टर खाली अवस्थामा रहेको छ ।