वडा कार्यालय भवनका लागि नि:शुल्क जग्गा उपलब्धपछि घडेरी निर्माण सुरु

everest kitchen

 

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवनको लागि आवश्यक जग्गा उपलब्ध भएपछि घडेरी निर्माण कार्यको सुभारम्भ गरिएको छ । शनिबार सामान्य पुजा गरेर गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट “खडका”ले घडेरी निर्माणको सुभारम्भ गरेकी हुन ।

त्रिवेणी गाउँपालिका -६ घोरेढुङ्गा निवासी बिर बहादुर बुढा मगरले वडा कार्यालयलाई आवश्यक १७ सय ७५ बर्गमिटर जग्गा नि:शुल्क उपलब्ध गराएको वडा अध्यक्ष राजेन्द्र पुनले जानकारी दिए । पुनका अनुसार विना सर्त जग्गा धनी बुढाले नि:शुल्क घडेरी वडा कार्यालयको नाममा पास गरि सकेका छन् ।

आगामी आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरि बजेट कार्यक्रम माग गरिएको वडाअध्यक्ष पुनले बताए । अहिलेलाई गाउँपालिकाले उपलब्ध गराएको २ लाख बजेटबाट घडेरी निर्माण गर्न लागेको उनले बताए ।