निशुल्क अक्सिजन बैंकलाइ कलैया सिटि जेसिजको सहयोग

everest kitchen

बारा । लायन्स क्ल्ब अफ कलैया बाराले स्थापना गरेको अक्सिजन बैकलाई कलैया सिटी जेसिज द्वारा ५० थान अक्सिजन सिलिन्डर रीफलिङ गर्नको लागी आवश्यक सहयोग गरेको छ । जेसिसका अध्यक्ष शम्भु गुप्तालेले क्लबका अध्यक्ष दिलिप चौधरीलाई रु ३० हजार रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै क्लबले नि:शुल्क अक्सिजन वितरण गर्नेरी अक्सिजन बैंक स्थापना गरेको हो । मानव जिवनलाई नै समस्या भएको अवस्थामा त्यसलाइ मध्यनजर गर्दै स्थापना गरिएको अक्सिजन बैंकलाई ५० सिलिन्डर बराबरको अक्सिजन सहयोग गर्दा आफुलाई न‌ै सहयोग गरेको महशुस भएको जेसिजका अध्यक्ष गुप्ता बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा कलैया सिटी जेसीजका महासचिव पवन कुमार कुशवाहा, निवर्तमान अध्यक्ष बिपिन चौधारी, पूर्व अध्यक्ष धनिलाल सर्राफ, रामबलक यादव, संस्थापक अध्यक्ष रामनिवास कुशवाहा, कोषाध्यक्ष सुबास जैसवाल, कानुनी सलाहकार सावित्री शर्मा, सदस्यहरु सुरेन्द्र साह, रोशन श्रीवास्तव, रुपक साह लगायतको सहभागीता रहेको थियो ।