एमाले स्थायी कमिटी बैठक: पार्टी एकता कायम राख्न अन्तिमसम्म प्रयास जारी राख्ने

everest kitchen

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न नेतृत्वले अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्यहरू सहभागी भएको बैठकले आन्तरिक एकतालाई सुदृढ पार्न अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एकताका लागि भइरहेका प्रयासहरूबारे पनि बैठकमा कुराकानी भएको ज्ञवालीले बताए।

उनले केही समयअघि दुबै पक्षका नेताहरू सम्मिलित गरेर बनाइएको कार्यदलको अस्तित्व भने सकिइसकेको बताए। केही नेताहरू कारबाहीमा पर्नुभएको छ। त्यो कार्यदल अहिले अस्तित्वमा छैन। आवश्यकता पर्‍यो भने कार्यदल पुनर्गठन हुने ज्ञवालीले बताए ।