लक डाउनमा पनि मलेसियाको नेपाल एम्बेसी खुल्ला रहने

everest kitchen

मलेसिया स्थित नेपाल एम्बेसी लक डाउनको समयमा पनि खुल्ला रहने भएको छ ।
नेपाल राजदुतावासले एक सूचना जारी गरि लक डाउनको समयमा नेपाल राजदुतावास बिहान १० बजे देखि दिउसो ३ बजेसम्म अत्यावश्यक र कन्सुलर सेवाको लागि खुल्ला रहने जानकारी गराएको छ ।
मलेसियामा जुन १ तारिख देखि १४ तारिखसम्मको लागि पूर्ण लक डाउन लगाइएको छ । अघिल्लो महिना देखि नै नेपाल मलेसिया सिधा हवाई उडान बन्द भएकोले हजारौं नेपालीहरु नेपाल जान पाइरहेका छैनन् । नेपाल राजदुतावासले नेपाल मलेसिया हवाई उडान पनि खुलाउन पहल गरिरहेको जनाएको छ ।