बिषालु च्याउ खाँदा एक जनाको निधन

everest kitchen

सविन कुमार लोप्चन । हेटौंडा । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नं. ७ मा बिषालु च्याउ खाएर १ जनाको मृत्यु भएको छ। जङ्गली च्याउ खादा एक ५१ वर्षीय महिलाको निधन भएको हो ।

मृत्यु हुनेमा राक्सिराङ ७ बेसीटोलका ५१ वर्षीय चन्द्रमाया प्रजा रहेकी छिन । आइतबार जंगलबाट ल्याएको च्याउ सोमबार बिहान पकाएर खाएको र सोमबार दिउँसो १ बजेतिर उनको मृत्यु भएको वडा अध्यक्ष कुल बहादुर प्रजाले जानकारी दिए । मृतक चन्द्रमायाका श्रीमान चतुर मान चेपाङ र छिमेकी नातिनी संजिता चेपाङ च्याउ खादा बिरामी परेका छन् ।

उनीहरुको अवस्था स्थानीय जडिबुटी प्रयोग गरि सामन्या अबस्थामा रहे पनि थप उपचारको लागि अस्पताल लगिएको वडाअध्यक्ष प्रजाले बताए ।