देशभर थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि

everest kitchen

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।