राक्सिराङ-३ मा थप २० जनामा कोरोना पुष्टि

everest kitchen

मकवानपुर । राक्सिराङ गाउँपालिकाको वडा नं ३ मा २० जनामा कोरोना संक्रमण पुष्टिराक्सिराङ-३ मा थप २० जनामा कोरोना पुष्टिभएको छ । मंगलबार गाउँपालिका को स्वास्थ्य कर्मीले एन्टीजिन बिधिमार्फत परिक्षण गर्ने क्रममा राक्सिराङ ३ को लावती क्षेत्रमा कोरोना फैलिएको पाइएको हो ।

सो क्षेत्रमा ज्वरो, रुघाखोकी र टाउको दुख्ने बिरामी देखिएपछि परिक्षण गरिएको हो । ३६ जनाको परिक्षण गर्दा २० जनामा पोजिटिभ पाइएको गाउपालिकाका स्वास्थ्य संयोजक बिजय कापरीले जानकारी दिए ।

संक्रमित सबैजना होम आइसोलेसनमै रहेका छन । गाउपालिकामा पछिल्लो समय कोरोना संक्रमण दर उच्च बनेको छ । यसअघि ४ नम्बर र ६ नम्बर वडामा पनि गाउँमा अधिकांश संक्रमित फेला परेका थिए ।