लघुकथा गान सार्वजनिक

everest kitchen

काठमाडौं । लघुकथाको इतिहासमा पहिलो पटक लघुकथा सम्बन्धि गीत निर्माण गरि सार्वजनिक गरिएको हो। फेसबुक पेज हाम्रो लघुकथा पाठशालाको सक्रियतामा बनेको सो गीत भर्चुअल मिटिङ्गद्वारा सार्वजनिक गरिएको हो।

लघुकथाकार राजु क्षत्री अपुरोको परिकल्पना र लता केसीको व्यवस्थापन रहेको सो गीतमा प्रथम भ्वाइस अफ नेपाल बिजेता सिडि बिजय अधिकारीको सङ्गीत र स्वरमा गायिका मनिषा राईले साथ दिएकी छन् ।

उद्धोषिका पौडेल बिमुन्स द्वारा गीतलाई सार्वजनिक गरेपछि लघुकथा लेखन क्षेत्रमा लामो कालखण्ड पार गरिसकेका वरिष्ठ लघुकथाकारहरूले खुशी व्यक्त गर्दै टिमलाई बधाई दिएका थिए।

डा पुस्कराज भट्ट, नारायण तिवारी , सुमन सौरभ , कल्याण पन्त , असफल गौतम , भरत कुमार भट्टराई , ध्रुव मधिकर्मी आदि वक्ताहरूले गीत सम्बन्धि आ -आफ्ना धारणा व्यक्त गरेका थिए।

प्रमुख अतिथी लघुकथा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनले कुनैपनि लघुकथाको कार्यक्रममा शुरु, मध्य र अन्तमा बजाएर दर्शकलाई आकर्षित गराउन आग्रह गरे। उनले हाम्रो लघुकथा पाठशालाले नयाँ आयाम थपेर इतिहास रचेकोमा जेठ १९ गते लघुकथाको ऐतिहासिक दिन भएको बताए।

शुभ शर्मा द्वारा स्वागत गरिएको सो गीत सार्वजनिक कार्यक्रम एडमिन शेखर कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।