महोत्तरीको बिजलपुरा युवा समाज सेवा संस्थाद्वारा राहत वितरण

everest kitchen

सुरेन्द्र महतो

महोत्तरी । महोत्तरीको बिजलपुरा युवा समाज सेवा संस्थाको आयोजना र महोत्तरीको युवा समाज सेविहरूको उपस्थितमा राहत बितरन गरिएको छ ।

निषेधाज्ञाले गर्दा देशको सम्पूर्ण गतिविधि थप्प रहेको समयमा आम जनताहरूको जीवन सहज बानाउने उदेश्यले बिजलपुरा युवा समाज सेवा संस्थाको आयोजनामा तथा बिजलपुरा युवा समाज सेविको महोत्तरी साखाको, पत्रकारसाथि,शिक्षा,शिक्षिका,किसान,स्वास्थ्यकर्मीहरूको उपस्थितमा बर्दिबास नगर भित्र १२ र १३ बिजलपुरामा राहत वितरण कार्यक्रम हुदै आइरहेको छ ।

बिजलपुरा युवा समाज सेवा संस्थाको संयोजक करन कुमार साह, महोत्तरीको युवा समाज सेवि बिमलेश महतो,अरूण साह, उदय राउत,निरज राउत,हरिन्दर राउत ,शंकर महतो,सरोज शर्माको, विशेष सहभागीमा अति बिपन परिवार, महिला, विधार्थी, खानाको समस्य खेपी रहेको ज्यालाकर्मी लगायत लाई एउटा राहत को प्याकेजमा चामल, दाल, अालु, खाने तेल , साबुन,माक्स,नुन,सुवाबिन, लगायत अन्य दैनिक उपभोग्य सामाग्री दैनिक १०–१५ जनालाई निरन्तर राहत वितरण गर्दै बिजलपुरा युवा समाज सेवा संस्थाका संयोजक करन कुमार साहले बताए ।

हाल बर्दिबास नगरपालिका तथा साबिकको बिजलपुरा ३,४,५,९,१,२ , लगायतका स्थानहरु मा वितरण भएको छ । बिजलपुरा युवा समाज सेवा संस्थाका सम्पूर्ण सहयोग साथिहरू बिदेशमा हुदाहुदै पनि अाफनो देशमा करोना कालमा निषेधाज्ञाको मार खेपिरहेका परिवारहरुलाइ सम्पर्क गर्दै बसेकै स्थान सम्म यो राहत पुर्याउदै आइरहेको र बिजलपुरा युवा सामज सेवा संस्था महोत्तरी साखाका युवा साथिहरूले बताएका छन ।

निषेधाज्ञाको समयमा कोहि भोको पेट सुत्नु नपरोस भन्ने सोचले निरन्तर यो अभियान संचालित रहेको छ । बिजलपुरा युवा समाज सेवा संस्था सम्पूर्ण सहयोग साथिहरू लाई धन्यवाद दिन चाहन्छ अापतकालिन समयमा पनि निरन्तर सहयोग गर्ने छ।