पाँच पटकको राष्ट्रिय च्याम्पियन लेआ लेक्सिस चोटको कारण करियरमा ग्रहण लागेपछि बनिन चर्चित पोर्न स्टार

everest kitchen

एजेन्सी । प्रायः खेलाडीहरूसँग अथाह सम्पत्ति भएको हामीले देखेका वा सुनेका छौं । ती खेलाडीहरूसँग पैसाको अभाव हुदैन, उनीहरूको आम्दानी करोडौमा हुन्छ । तर धेरै यस्ता खेलाडीहरू पनि छन, जोसँग पैसाको अभाव छ र त्यसकारण उनीहरू यस्ता कामहरू गर्न सुरू गर्छन्, जसको बारेमा हामीले सोचेको पनि हुदैन ।

रोमानियाकी लेआ लेक्सिस अहिलेको समयमा एक चर्चित पोर्न स्टारको रुपमा ख्याती कमाएकी छिन । तर उनी कुनै समयमा आफ्नो देशको एक उत्कृष्ट जिमनास्ट खेलाडीहरु मध्ये एक थिईन । कलिलो उमेरमा घाइते भएपछि उनले यो कदम चाल्नु परेको थियो। लेआ धेरै पटक उनको देशको लागि राष्ट्रिय च्याम्पियन भइन् र उनी धेरै प्रतिभाशाली खेलाडी पनि थिइन।

द सनको रिपोर्ट अनुसार लेआ लेक्सिसले १४ वर्षको उमेर सम्म ५ पटक राष्ट्रिय च्याम्पियनशिपको उपाधि जितेकी थिईन। तर मांसपेशीमा लागेको चोटको कारण लेआ को खेल करियर नै अन्त्य भयो, एउटा चोटले उनको करियर नै बर्बाद बनायो र त्यसपछि उनी खेल क्षेत्रबाट टाढा भईन । उनी चोटबाट निको भएपछि कहिल्यै खेलमा फर्कीनन र आज पोर्न उद्योगमा उनी प्रसिद्ध पोर्न स्टार बनेकी छिन ।

खेल जिवन छोडेर पोर्न स्टार बन्ने लेआ लेक्सिस पहिलो खेलाडी भने होईनन, धेरै खेलाडीहरूले यो भन्दा पहिले यस्ता कदमहरु उठाएका छन्। डब्ल्यूडब्ल्यूईकी सुपरस्टार चुकी चाइना पनि रेसलिङ छाडेर पोर्न स्टार बनेकी छिन। यस बाहेक अष्ट्रेलियाकी एफ वान रेसर रीनी ग्रेसी पनि पैसाको अभावले पोर्न स्टार बन्न पुगिन।