विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने

everest kitchen

 

काठमाडौं । एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने भएको छ । नेपालबाट अध्यनको सिलसिलामा बंगलादेश पढन गएका तर लकडाउनको कारण नेपालमै रोकिएका विद्यार्थीहरुले यात्रा अनुमति दिने भएको हो ।

विहिबार सूचना प्रकाशित गर्दै काठमाडौंस्थित बंगलादेशी दूतावासले आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई मुलुक प्रवेशको अनुमति दिने जनाएको हो ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धिक कलेजको कागजपत्रसहित दूतावासमा सम्पर्क गर्न भनिएको छ । ढाकामा अवतरण गरेपछि क्वारेन्टिनको नियमलाई भने पालना गर्नुपर्ने भएको छ ।