काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ प्रकोपको समयमा परेको समस्यालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले कैलालीको गौरीगंगा –८ मा ६८ घर परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना महामारीका कारण अति नै प्रभावित भएकाहरुलाई नेपालभर नै राहत दिन योजनाअनुरुप समाजले बिहीबार समाजले ज्याला मजदुरी गर्ने परिवार, अति विपन्न तथा मुक्त कमैयाहरुको ६८ परिवारलाई राहत वितरण गरेको हो ।
समाजका राष्ट्रिय समित नेपालका उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटा तथा मोहन सिंह सावदको नेतृत्वमा राहत वितरण गरिएको हो । गौरीगंगा वडा नं ८ का वडा अध्यक्ष तुलाराम सापकोटा, नगर कार्यपालिका सदस्य भक्त बहादुर विक, वडा सदस्य ठेकराज चौधरी लगायतले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।
समाजका उपाध्यक्ष देवकोटाले स्थानीय जनप्रतिनिधिको समन्वयमा चामल, नुन, तेल र साबुन प्रदान गरिएको जानकारी दिएका छन् ।