नेपाल – खनाल समुहको बैठक आज शुक्रबार पनि जारी

everest kitchen

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बैठक आज पनि सुचारु भएको छ । बिहीबार भर्चुअल माध्यमबाट सुरु भएको बैठक आज पनि सुरु भएको हो ।

भावी रणनीति बारे छलफल गर्ने उद्देश्यले सुरु भएको बैठकमा बिहिवार भएको भेलामा सुरुमै नेता माधव कुमार नेपालले धारणा राखेका थिए । उनले एमालेभित्रको विवाद र विकसित परिस्थितका बारेमा कुरा सुरु गर्दै आफ्नो समूहका नेताहरुको धारणा सुन्न भेला आयोजना गरिएको बताएका थिए ।

बिहीबारको बैठकमा झण्डै ४० जना केन्द्रीय सदस्यले धारण राखेका थिए । बाँकी नेताहरुले आज बोलेपछि बैठक समापन गरिने नेता युवराज ज्ञवालीले जानकारी दिए ।

बिहीबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी एकताका नाममा अध्यक्ष ओलीले अल्मल्याउने प्रयास गरेको भन्दै छिटो निष्कर्षमा पुग्नुपर्ने धारण राखेका थिए । त्यस्तै ओली पक्षका नेतासँग अनौपचारिक वार्ता गरिरहेका केही नेताले केही दिन पर्खनुपर्ने धारणा राखेका थिए ।