माओवादी केन्द्रको पहलमा राक्सिराङ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

everest kitchen

सविन कुमार लोप्चन । मकवानपुर  । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सन्चालन गरेको कोभिड अस्पतालका लागि अक्सिजन सिलिन्डर सहयोग गरिएको छ । नेकपा माओवादी केन्द्रको पहलमा राक्सिराङ कोभिड अस्पताललाई सहयोग गरिएको हो ।

नेकपा माओवादी केन्द्र राक्सिराङ गाउपालिका कमिटिको पहलमा ६ थान अक्सिजन भरिएको अक्सिजन सिलिन्डर सहयोग गरिएको बताएको छ । नेकपा माओवादी केन्द्रका ४ नं वडा कमिटि अध्यक्ष सन्दिप लामा बलले गाउपालिकालाई सिलिन्डर हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा कोभिड अस्पताल सन्चालनमा रहेको र यहाँका बिरामीलाई उपचारमा सहजता मिलोस भन्ने उद्देश्यले अक्सिजन सहयोग गरिएको पार्टीका गाउँपालिका इन्चार्ज बसन्तम थिङले बताए ।

संकटको बेला स्वास्थ्य सेवा चुस्त राख्न आग्रह गर्दै आवश्यक परे पार्टीले जुनसुकै बेला सहयोग गर्न तयार रहेको ईन्चार्ज थिङले बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ६ वटा अक्सिजन सिलिण्डर सहयोग प्राप्त भएको बताउँदै राक्सिराङ कोभिड अस्पतालले प्रभावकारी सेवा दिइरहेको जानकारी दिए । विकट क्षेत्रमा भएपनि अत्यावश्यक सेवा सहित कोभिड अस्पताल सन्चालन गरिएको उनले बताए ।

कोभिड अस्पतालको आइसोलेसन सहितको भवनसमेत निर्माणाधीन छ । अस्पताल निर्माण सपन्न नभएसम्मका लागि प्रजा जागृति बिद्यालयमा अस्पताल सन्चालन गरिएको गाउँपालिकाले जनाएको छ।