राहत पहल गर्दै बिपन्न परिवारको छाक टार्दै वडाअध्यक्ष प्रजा

everest kitchen

सविन कुमार लोप्चन
मकवानपुर । मकवानपुर जिल्लाको पश्चिमी भेग राक्सिराङ गाउँ पालिका वडा नं. ६ को वडा अध्यक्ष सिंग लाल प्रजाले वडामा राहत वितरण थालेका छन् । शुक्रबारमात्रै प्रजाको पहलमा ३१ घर धुरी लाई राहत बितरण भएको हो ।

गरिब अनि अति बिपन्न वडा बासीको सेवा अग्रसर वडा अध्यक्ष कोभिड-१९ को कारण काम बिहिन भएका र कतिपय गरिब चेपाङ समुदायका परिवारहरुको छाक टार्न वडाअध्यक्ष प्रजाले राहत पहल गरिरहेको बताएका छन् । आफ्नो वडामा अति विपन्न परिवारहरु पनि रहेकोले उनीहरुको छाक टार्न समेत समस्या परेपछि सहयोग अभियान सहित राहत वितरण थालेको उनले बताए ।

कोभिड-१९ प्रकोप र निषेधाज्ञाका कारण घर मै बस्न बाध्य भएका जेला मजदुरी गर्न बन्चित भएका केही परिवारलाई खाद्यान्न अभाव भएका राक्सिराङ -६ ,कुईतन टोल र राक्सिराङ – ७ योमका छार टोलको अति विपन्न ३१ घर धुरी परिवारलाई अंगालो नेपालको आर्थिक सहयोगमा वडाअध्यक्षले राहत उपलब्ध गराएका हुन ।

ती प्रतेक घरपरिवारलाई ३० केजि चामल २ केजि दाल र १ लिटर तेल र नुन वितरण गरिए छ । यस्तो समस्याको वेला सहयोग गर्ने अंगालो नेपाल संस्थालाई वडाअध्यक्ष प्रजाले धन्यवाद दिदै आफ्नो वडा भित्र पर्ने सबै बिपन्न परिवार लाई भोकमरी बाट बचाउने आफू निरन्तर लाग्ने बताए ।