ट्रम्पलाई फेसबुक र इन्स्टाग्राद्धारा दुई वर्षको लागि प्रतिबन्ध

everest kitchen

 

काठमाडौं । फेसबुक र इन्स्टाग्रामले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई थप दुई वर्षको लागि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पलाई लगाइएको रोक चाहिँ गत जनवरी ७ देखि नै लाग हुने जनाइएको हो ।

गत जनवरीमा अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणको घटनापछि गरिएका विवादास्पद पोस्टको कारण फेसबुकले रोक लगाएको थियो । तर, गत महिना फेसबुकले सँधैभरिको लागि रोक लगाउने पूर्वनिर्णय बदलेको थियो ।

फेसबुकले ट्रम्पका उक्त गतिविधि आफ्नो नियमविरुद्ध रहेको जनाएको थियो । राजनीतिज्ञलाई हिंसात्मक कन्टेन्ट पोस्ट गर्न रोक लगाइने नयाँ नियमसँगै फेसबुकले यस्तो निर्णय गरेको हो ।