लघुकथा समाज बागमती प्रदेशको कोरोना विशेष लघुकथा कार्यक्रम सम्पन्न

everest kitchen

काठमाडौं । जेठ २२ गते शनिबार लघुकथा समाज बागमती प्रदेशले कोरोना विशेष लघुकथा कार्यक्रम प्रविधिमैत्री गुगलमिट बाट सम्पन्न गरेको छ । कार्यक्रममा तीन दर्जन जति लघुकथाकारहरूले कोरोना सम्बन्धी लघुकथा वाचन गरेका थिए ।

बागमती प्रदेशका अध्यक्ष डा. विदुर चालिसेले कार्यक्रमको सभापतित्व गरेका थिए भने लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि थिए भने विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. कुमार प्रसाद कोइरालाले वाचित लघुकथाहरूको सटिक समीक्षा गरेका थिए । उनले लघुकथा विधाको सैध्दान्तिक पक्षको बारेमा आफ्नो महत्वपूर्ण भनाइ राखेका थिए ।

अमेरिकाबाट जोडिएर वरिष्ठ साहित्यकार विश्वराज अधिकारीले लघुकथाका पुस्तकहरू धेरैभन्दा धेरै पाठकमा पुग्नेगरी बजारिकरण गर्नुपर्ने विषयमा आफ्नो भनाइ राखे । कार्यक्रमको सञ्चालन रामकुमार पण्डितले गरेका थिए भने बिजुलीको गडबडीका कारण तारा के.सी. र दीपक लोहनीले समेत कार्यक्रम सञ्चालनमा सघाएका थिए ।
प्रदेश १, ४ र ५ बाट समाजका अध्यक्ष ममता मृदुल, त्रिलोचन ढकाल र वनमाली निराकारले सहभागी जनाए ।

लघुकथा पाठशालाबाट प्रमुख एडमिन लता केसीले लघुकथा वाचन गर्नुभयो । उपरोक्त उल्लेख गरिएका बाहेक अन्य सहभागी लघुकथा वाचकहरूमा विष्णु भण्डारी, रमेन्द्र कोइराला, दीव्य गिरी, कल्याण पन्त, परशुराम घिमिरे, अम्बिका उप्रेती, टुकादेवी आचार्य, सुष्मा मानन्धर, उमा सिजापति, छविरमण सिलवाल, कात्यायन, मञ्जुश्री गिरी, शेखर श्रेष्ठ, किशन पौडेल, सरिता तुलाधर, निशा के.सी., टीकाराम रेग्मी, दुर्गा ढकाल लगायतका थिए ।

प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले यस प्रकारको कार्यक्रमबाट लघुकथा स्तरोन्तिमा विशेष सहयोगी भूमिका खेल्ने बताए । लघुकथा वाचन गर्दा नाटकका पात्रलेझैँ वाचन गर्न सकिएमा यसले स्रोतामा विशेष प्रभाव पार्दछ भन्ने उनको भनाइ थियो ।

सभाधक्ष्य डा. विदुर चालिसेले बागमती प्रदेशको पहिलो कार्यक्रम सफल पार्न उपस्थिति भई महत्वपूर्ण भनाइ राख्नुुहुने सम्पूर्ण अतिथि लगायत लघुकथाकारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको सङ्केत दिएका थिए ।