केपी ओलीद्वारा २०७५ जेठ ३ पूर्वकोअबस्थाबाट पार्टी अगाडि बढाउने प्रतिवद्धता

everest kitchen

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी बलियो भयो भनेमात्र देशको लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुनसक्ने भन्दै एकताका लागि पुनः आव्हान गरेका छन । उनले आज एक अपिल जारी गरी पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।

नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले पार्टी एकता अब सम्भव नरहेको अभिव्यक्ति दिइरहेको बेला अध्यक्ष ओलीले आइतबार अपरान्ह पार्टीको नाममा एकता आव्हान गरेका हुन । उनले आफू सदैव पार्टी एकताको पक्षमा रहेको दोहो¥याएका छन । “नेकपा (एमाले) को निर्माण र विकासमा हजारौं योद्धाहरुको पसिना, त्याग र बलिदान अन्तरनिहित छ, यस पार्टीप्रति जनताको अपार विश्वास छ” प्रधानमन्त्री ओलीले भनेका छन, “एमालेलाई सुदृढ गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले आव्हान पत्रमा भनेका छन, “म सधैंभरी कम्युनिष्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरुको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ । भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने छँु ।” कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने भन्ने विश्वासका साथ २०७५ जेठमा पार्टी एकीकरण गरिएको उनले स्मरण गरेका छन ।

पार्टी एकताका लागि आफू २०७५ जेठ ३ अघि पार्टीको गतिविधिमा फर्काउन तयार रहेको अध्यक्ष ओलीले आव्हान पत्रमा उल्लेख गरेका छन । साथै यसबीचमा भएका कमजोरी र गल्तीमा कुनै कारवाही नगरिने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।