टिक-टक स्टार बिजय पुनको “उसको त बिहे भयो रे” (भिडियो)

everest kitchen

काठमाडौँ । टिक-टक स्टार बिजय पुनले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिक टकमा आफ्नो दमदार डाइलक पथर्को मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।

कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका बिजयले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । यतिबेला नेपाली सांगीतिक बजारमा बिजय पुन नचिन्ने कमै होला,जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन ।

कोरोना भाइरसको त्रास विश्वभर फैलिएसँगै नेपालमा पनि हजारौ नेपालीहरुले पनि ज्यान गुमाई सकेका छन् करिब डेढ महिना अघिबाट सरकारले लकडाउन जारी गरेका छन् । यसैबीच, बिजयले सामाजिक दुरी कायम गरेर निर्माण गरिएको उसको त बिहे भयो रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायक प्रताप दासको सुमधुर स्वरमा रहेको गीत “उसको त बिहे भयो रे” गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषी खड्काको संगीत(पत्थरको मुटु) बिजय पुनको उत्कृष्ट शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् ।

भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुके साथ दिएका छन् । कथा(निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मले सम्पादन गरेका हुन् । “उसको त बिहे भयो रे ””बोलको गीत विजय पुनको ‘पत्थरको मुटु’ अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । समाजसेबी तथा बिजनेश मेन गीता पुनद्वारा सफलताको शुभकामना दिएकी छिन् ।