बिहे भोजमा जम्मा भएर नाचगान गरिरहेका र प्रहरीबीच झडप

everest kitchen

काठमाडौं । रौतहटको गरुडामा बिहेको नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ। निषेधाज्ञा कार्यान्वयनका लागि गएको प्रहरी टोली र बिहेमा रमाइरहेका स्थानीयबीच झडप भएको हो।

गरुडा नगरपालिका-२ मा ठूलो संख्यामा स्थानीय भेला भएर नाचगान गरिरहेको पाइएपछि आइतबार राति प्रहरी गएको थियो। प्रहरीमाथि स्थानीयले ढुंगामुडा गर्दा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरे घाइते भएका छन्।

‘निषेधाज्ञा उल्लंघन गरी झन्डै १ हजार जनाको संख्यामा स्थानीय भेला भएपछि प्रहरी नाचगान बन्द गर्न प्रहरी त्यहा गएको थियो । घटनास्थलबाट दुई जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ।