बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन

everest kitchen

 

काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लाबाट उपचारको लागि बाँकेको नेपालगन्जमा उपचार गर्न गएका उनीहरूहरुको निधन भएको हो ।

प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुरुषको आइतबार साढे ८ बजे भेरी अस्पतालमा र सल्यानको शारदा नगरपालिका-१३ का ५५ वर्षीय पुरुषको सोमबार बिहान मेडिकल कलेजमा ७ बजे मृत्यु भएको हो ।